नियो बचत तथा ऋण सहकारीमा स्वागत छ
Neo Saving & Credit Co-operative LimitedNeo Saving & Credit Co-operative LimitedNeo Saving & Credit Co-operative Limited
०१ - ५३५१७२३ / ५३५१७६०
का.म.न.पा.-२४,फसिकेब, न्यूरोड, काठमाडौं

हाम्रो बारेमा

हाम्रो बारेमा

नियो बचत तथा ऋण सहकारी संस्था लिमिटेड

सहकारीको सात खम्बे सिद्दान्तको मूल्य मान्यता बमोजिम आफ्ना वरीपरी छरिएर रहेका सदस्यहरुको बचत संकलन गर्ने र उक्त संकलीत बचतलाई सदस्यहरुको आवश्यकता र माग अनुसार कर्जा प्रवाह गर्ने र आफ्ना सदस्यहरुको जीवन स्तर सुधारको पहल गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्यले २०६५ सालमा सहकारी ऐन २०४८ अन्तर्गत नियो बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको हो ।

यसको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालीका–२४, न्यूरोड फसिकेवमा अवस्थित छ ।

हाम्रो १४ वर्षको बृहत् अनुभव पछि, हामी हाम्रा सदस्यहरूसँग नेपालको वित्तीय बजारमा नेपालमा दिगो, भरपर्दो र भरपर्दो सहकारीको रूपमा स्थापित भएका छौं।

14 Years of Experience

अध्यक्षको भनाई

यस नियो बचत तथा ऋण सहकारी संस्था लि. सुरक्षित र प्रभावकारी तथा दिगो सहकारी सेवा प्रवाह गर्ने गरी आफ्ना सदस्यहरुलाई बचत संकलन गर्ने बानी बसाल्नुका साथै कर्जा प्रवाह गरी आर्थिक, सामाजिक र सांस्कृतिक रुपले जीवनस्तर उकास्नु मूल मान्यता र उद्देश्य नै यस सहकारी संस्थाको अवधारण रहेको छ ।
यस सहकारी संस्थाले निरन्तररुपमा आफ्ना सदस्यहरुको सेवा प्रवाहमा बृद्धि र विकास गर्दै आईरहेको छ । पारदर्शिता, शुसासन, चुस्त व्यवस्थापकीय र लगनशील सञ्चालक समिति, योग्य, दक्ष र क्षमतावान व्यवस्थापक र कर्मचारीको संयुक्त प्रयास र योगदानले गर्दा नै नियो बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो नाम अनुसारको कार्य गर्न सफल रहेको छ ।
यस सहकारी संस्थाले समयानुसारको आधुनीक प्रविधि मैत्री सेवाहरु जस्तैः SMS सेवा, मोबाईल बैंकिङ सेवा, रेमिट्यान्स सेवा, Corporate IPS सेवाहरु प्रवाह गर्दै अगाडी बढी रहेको छ ।
यस सहकारी संस्थाले आफ्नो सदस्यहरुको निक्षेप संकलन र कर्जा प्रवाहमा समयानुसारको व्याजदर प्रदान गर्दै सुरक्षित र भरपर्दो सेवाहरु प्रदान गरी सबैको रोजाईको नियो बचत तथा ऋण सहकारी संस्था लि. बन्ने छ ।

टेक प्रसाद डुम्रे – अध्यक्ष

समाचार र ब्लग

नियो बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नवीनतम समाचार र ब्लग प्राप्त गर्नुहोस्